सूर्यरुपी महासागरमा गठबन्धन ढल्नेछ, प्रतीक्षा गर्नुहोस्ः मेयर प्रत्यासी थापा

काठमाडाैं | बैशाख २६, २०७९

सूर्यरुपी महासागरमा गठबन्धन ढल्नेछ, प्रतीक्षा गर्नुहोस्ः मेयर प्रत्यासी थापा

नेकपा एमालेबाट पोखरा महानगरका मेयर प्रत्यासी कृष्ण थापाले सूर्यरुपि महासागरले गठबन्धनलाई ढलाउने बताएका छन् । 

 

पोखरामा आयोजित वृहद चुनावी आमसभामा बोल्दै प्रत्यासी थापाले सूर्यको ज्वालाले सुकेकोमात्र हैन काँचो वस्तुलाई समेत जलाउने भन्दै गठबन्धनलाई यस निर्वाचनले ढलाउने उल्लेख गरेका हुन् । महानगरवासीलाई स्वास्थ्यमा पहुँच पु¥याउने योजना रहेको बताउँदै थापाले पोखरामा पर्यटन र कृषिको विकासमा दीर्घकालीन नीति ल्याउने दाबी गरे । 

 

‘एमालेले मौका पाउँदा हाम्रा कमरेडहरुले धेरै काम गर्नुभएको छ’ थापाले भने ‘अब वडावडामा डिजिटल सेवा दिने हाम्रो लक्ष्य र योजना छ ।’ सम्बोधनकाक्रममा थापाले हिजैदेखि नै एमालेले आधुनिक पोखराको जग बसालेको उल्लेख गर्दै हाल थपिएका वडालाई उन्नत शैलीमा विकास गर्न मतदानको अपील गरे । 

काठमाडौं।     प्रतिनिधिसभा सदस्या निर्वाचन सम्पन्न भएको छ । केही स्थानमा आजैबाट मतगणना सुरु हुने बताइएको छ ।   प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन सम्पन्न भएको  सबैलाई धन्यवाद द...

थप पढ्नुहोस्

गुल्मी क्षेत्र नम्वर-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सागर ढकाल विजयी हुनुभएको छ ।    उहाँले नेकपा एमालेका केन्द्रिय सदस्य तथा पूर्व मन्त्री प्रदीप ज्ञवालीलाई १५ हजार १२०  मतान्तरले पछाडी पार्दै ...

थप पढ्नुहोस्

काठमाडौं:  देशका केही भू-भागमा आज  मौसममा आंशिक बदली देखिने र सीमित स्थानमा वर्षा तथा हिमपातको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार तराई क्षेत्रका केही स्थानमा आज बिहान हुस्स...

थप पढ्नुहोस्